विश्वविद्यालयका सुरक्षागार्डले ड्युटीमै पढेर पास गरे विश्वविद्यालयको परीक्षा

डिसी नेपाल
१ साउन २०७६ १२:५०

काठमाडौं। भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सुरक्षा गार्डको काम गर्ने कमजल मीणाले आफ्नो मेहनतले सबैलाई आश्चर्यमा पारेका छन् । रिपोर्टका अनुसार ३४ वर्षका मीणाले बिए रशियनमा भर्ना हुनको लागि जेएनयूको प्रवेश परीक्षा पास गरेका छन् ।

विश्वविद्यालयका अधिकारीले यो फरक किसिमको घटना भएको भन्दै सम्भव भएसम्म उनको सहयोग गर्ने बताए । कमजल मीणा राजस्थानको करौलीका हुन् । उनले राजस्थान युनिभर्सिटीबाट राजनीतिक विज्ञान, इतिहास र हिन्दीमा ग्रयाजुएशन गरेका छन् । उनी पढ्नका लागि गाउँबाट ३० किलोमिटर टाढा पैदल जान्थे । समय मिल्दा उनी आफ्ना पितासँग काम गर्थे ।

मीणा जागिरको खोजीमा दिल्ली आएका हुन् जहाँ २०१४ मा जेएनयूमा उनले सुरक्षा गार्डको जागिर पाएका थिए । विश्वविद्यालयका कूलपति जगदीश कुमारले भने ‘हामी सधैं विद्यार्थीहरुलाई आफ्नो जीवन राम्रो बनाउनको लागि प्रेरित गर्छौं । हामी उनलाई हरसम्भव आर्थिक सहयोग पनि गर्नेछौं । मीणा दिल्लीमा पत्नी र तीन छोरीहरुसँग भाडाको कोठामा बस्छन् ।

उनले भने ‘जेएनयूले मलाई समाजसँग बस्ने तरिका सिकायो । यहाँका सबै शिक्षक र विद्यार्थीले मलाई सधैं प्रोत्साहित गरे । अब उनीहरु सबैले मलाई शुभकामना दिइरहेका छन् । मलाई यस्तो लागिरहेको छ कि म एक रातमै प्रसिद्ध भएको छु । मीणा महिनामा १५ हजार कमाउँछन् । उनले भने ‘म विदेशी भाषा सिकेर विदेश घुम्न चाहन्छु । यसका अलावा मेरो अर्को लक्ष्य सिभिल सर्भिस परीक्षा पास गर्नु हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *