आजबाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य, प्यान नभई तलब खान नपाईने

डिसी नेपाल
१ साउन २०७६ १३:१२

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसँगै आज (साउन १) बाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । आजबाट कुनैपनि कम्पनी, फर्म तथा रोजगारदाता कम्पनीले स्थायी लेखा नम्बर बिना तलब दिन पनि नपाउने भएका छन्।

सरकारले आजबाट लागु हुनेगरी एक हजारभन्दा माथिको ज्याला भूक्तानीमा प्यान अनिवार्य गरेको हो। त्यस्तैगरी आजबाटै आयकरको सीमा पनि परिवर्तन भएको छ। आजबाट एकललाई ४ लाख र दम्पतिलाई साढे ४ लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्ने व्यवस्था लागु भएको छ।

यसअघि एकललाई साढे ३ लाखमाथिको आयमा र दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्दै आएको थियो । ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेकामा हालसम्म  ९ लाख जनाले प्यान नम्बर लिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

स्थायी लेखा नम्बर प्यान नम्बर लिनका लागि आन्तरिक राजस्व विभागको वेब साईड www.ird.gov.np मा गएर आफैँ भर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *