मैत्रीपूर्ण खेलमा डर्टमण्डको सहज जित

डिसी नेपाल
१५ साउन २०७६ १२:०३

एजेन्सी । प्रि–सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा डर्टमण्डले स्विस क्लब सेन्ट गल्लेनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जाकोब ब्रुन लार्सेनले दुई गोल गरे । यस्तै आच्रफ हाकिमी र मार्को रिउसले एक एक गोल गरे ।

गल्लेनका मिलान भिलोटिकले एक गोल गरे । नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न डर्टमण्डले गल्लेनसँग मैत्रिपूर्ण खेल खेलेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *