श्रीलंकाले आज हुने बंगलादेशसँगको अन्तिम खेल नुवान कुलसेकराप्रति समर्पित गर्ने

डिसी नेपाल
१५ साउन २०७६ १२:३०

एजेन्सी । श्रीलंकाले बुधबार बंगलादेशविरुद्ध हुने तेस्रो तथा अन्तिम एकदिवसीय खेल हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका तीव्र गतीका बलर नुवान कुलसेकरालाई समर्पित गर्ने भएको छ।

श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्ती जारी गर्दै कुलसेकराले राष्ट्रिय टोलीका लागि गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिने र आर प्रेमादासा मैदानमा हुने खेल हेर्न प्रमुख अतिथिका रूपमा निम्त्याइएको समेत जनाएको छ।

‘नुवान कुलसेकरा श्रीलंकाली टोलीका अभिन्न सदस्य हुन् र उनले राष्ट्रिय टोलीमा योगदानसमेत गरेका छन्,’बार्डका प्रमुख सामी सिल्भाले भने। सन् २००३ मा इङल्यान्डविरुद्धको एकदिवसीय खेलसँगै श्रीलंकन टोलीबाट डेब्यु गरेका कुलसेकरा सन् २०१४ मा श्रीलंकाले ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए।

साथै श्रीलंकाले २०११ को विश्वकप फाइनलमा प्रवेश गर्दासमेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सन् २००९ मा ६ महिना एकदिवसीय क्रिकेट वरीयताको शीर्ष बलरसमेत थिए। सन् २०१७ को जुलाईमा जिम्बाब्वेविरुद्धको खेल नै उनका लागि अन्तिम खेल बन्यो। उनले श्रीलंकाबाट १ सय ८४ एकदिवसीय खेलका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *