राजपा संयोजक राजकिशोर भन्छन्–अन्तिम विकल्प आन्दोलन नै हो

डिसी नेपाल
१५ साउन २०७६ १२:३८

काठमाडौं। विभिन्न ६ वटा राजनीतिक दललाई एकै ठाउँमा ल्याएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका राजकिशोर यादव अहिले राजपाका संयोजक बनेका छन्। चक्रीय प्रणाली अनुसार चलेको राजपाको अन्तिम संयोजक हुन् राजकिशोर यादव। दुई महिनापछि पुन संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाउने छन् र उनले नै राजपाको महाधिवेशन गराउने छन्।

राजपाले आगामी कात्तिक अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ। गत वैशाखमा बसेको राजपा पदाधिकारी बैठकले कात्तिक २८ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। पटकपटक मिति सर्दैै आएको राजपाको महाधिवेशन यसपटक तोकिएको समयमा हुने नेताहरुले बताएका छन्।

अध्यक्षमण्डलमा रहेका ६ नेताबीच दुई–दुई महिनामा पालैपालो पार्टी नेतृत्व गर्ने अभ्यास भइरहेको छ। केही नेताहरू यसको विरोधमा छन् भने केहीले महाधिवेशन नहुन्जेलसम्म यही प्रणालीलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्। महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूलआयोजक समिति गठन भएर पनि हाल उक्त समिति निष्क्रियजस्तै बनेको छ। केन्द्रीय कार्यसमितिका सबै सदस्यहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरिएको थियो।

‘सरकार इमान्दार भएर विपक्षीका मागलाई सम्वोधन गर्नुपर्छ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले सुनेन भने अन्तिम विकल्प भनेको आन्दोलन नै हो।’ 

पार्टीका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समितिसमेत गठन भइसकेको छ। हाधिवेशनपछि पार्टीलाई सामूहिक नेतृत्वमै लैजाने या एकल नेतृत्वमा जाने भन्नेमा समेत विवाद देखिएको छ। केही नेता सामूहिक नेतृत्वमै जानुपर्ने पक्षमा छन् भने केहीले एकल नेतृत्वका लागि जोड गरिरहेका छन्।

एकता महाधिवेशनमा नेतृत्वसम्बन्धी विवाद अझ बढ्ने भएकाले पनि अध्यक्षमण्डलमा रहेका केही नेताहरू तत्काल त्यस्तो विवादमा फस्न नहुने भन्दै महाधिवेशन पर सार्न प्रयासरत देखिएका छन्। राजपा संयोजक राजकिशोर यादव भने तोकिएकै समयमा महाधिवेशन हुने बताउँछन्। ‘सम्पूर्ण तयारी भइरहेको छ,’ यादवले डिसी नेपालसँग भने, ‘कुनै पनि वहानामा महाधिवेशन रोकिने अवस्था छैन।’ उनले अहिले कार्यकर्तामा उर्जा थप्न आवश्यक भएकाले कार्यकर्ता परिचालन गर्ने नीति आवश्यक रहेको बताए।

‘संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय अहिले महत्वपूर्ण हुन्,’ यादवले भने, ‘अहिले माग पूरा गराउने विषयमा संसदभित्र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग सहकार्य भएको छ। सदनबाट समस्याको समाधान नहुने हो भने सडकसम्म पनि जान पछि पर्दैनौं।’ शान्तिपूर्ण रुपमा माग सम्बोधन हुनुपर्ने पक्षमा राजपा रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण रुपमा माग सम्वोधन नभए अन्तिम विकल्प आन्दोलन हुने यादवको भनाइ छ। ‘सरकार इमान्दार भएर विपक्षीका मागलाई सम्वोधन गर्नुपर्छ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले सुनेन भने अन्तिम विकल्प भनेको आन्दोलन नै हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *