युएईको फुजेरामा फ्रेन्ड्स कप फुटबल प्रतियोगिता हुँदै

डिसी नेपाल
१६ साउन २०७६ ११:४८

युएई ।  युएईको उत्तरी इमिरेट्स फुजेरामा फ्रेन्ड्स कप फुटबल प्रतियोगिता आयोजना हुने भएको  छ । वैदेशिक रोजगारीको क्रममा फुजेरामा रहेका फुटबलप्रेमी नेपाली युवाहरुको सक्रियतामा तीन वर्षअधि स्थापित फ्रेन्ड्स युनाइटेड फुटबल क्लबले युएईव्यापी मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका विपिन टन्डनले जानकारी दिएका छन् ।

युएईका विभिन्न इमिरेट्सबाट करिब १२ वटा समुहले भाग लिने यो प्रतियोगितामा प्रथम हुनेले ५ हजार १ सय ११ दिराम पुरस्कार जित्नेछ । त्यसैगरी दोस्रो हुने समुहले तीन हजार १ सय ११ दिराम पुरस्कार पाउने आयोजक फ्रेन्ड्स युनाइटेड एफसीले जनाएको छ ।

आगामी अगस्ट १ तारिख विहीवार रातभर फुजेराको कर्निसमा रहेको फुटसलमा आयोजना हुने यस प्रतियोगितामा आयोजक समुहका २ टिम, सारजहाको इमिरेट्स सेक्युरिटी समुह, दुबईको हिमालय एयरलाइन्स फुटबल क्लब, अलएनको हिमालयन फुटबल क्लब, दुबईका  कास्की-११ ए र कास्की-११ बि, रास अल खेलमाको एन एस जी, दुबईको नेपाली कम्युनिटी, दुबईकै न्यु बोइज, रमाइलो युनाइटेड फुटबल क्लब र अबुधाबीको हातेमालो क्लबबीच रोचक फुटबल प्रतियोगिता हुने आयोजक युनाइटेड फ्रेन्ड्स फुटबल क्लबले जनाएको छ ।

उक्त रोमाञ्चक फुटबल प्रतियोगितामा आवश्यकता अनुसार अन्य समुहलाई पनि सहभागी गराउन सकिने आयोजकहरूले बताएका छन् ।

युएईको नेपाली फुटबल क्षेत्रमा नाम चलेका क्लबबीचको अति रोमाञ्चक र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता प्रत्यक्ष रुपमा हेरेर मनोरञ्जन लिन आयोजकले  युएईका फुटबल पारखीहरूलाई अनुरोध गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *