प्रधानमन्त्रीले खातामा १५ लाख जम्मा गरिदिने खबर आएपछि बैंकमा लाग्यो लाइन !

डिसी नेपाल
१६ साउन २०७६ १६:०८

काठमाडौं। प्रधानमन्त्रीले सबै नागरिकको खातामा १५ लाख जम्मा गरिदिने खबर सामाजिक संजालमा भाइरल भएपछि बैंकमा लाइन लागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बैंकमा पैसा जम्मा गरिदिने खबर भारतको केरलमा आगोझैं फैलिएपछि बैंकमा खाता खोल्नको लागि भीड लागेको हो ।

सामाजिक संजालमा फैलाइएको एक झुटो सन्देशलाई सत्य मानेर मानिसहरु पोस्टल बैंकबाहिर ठूलो संख्यामा लाइन बसेका थिए । लाइनमा उभिएका मानिसहरुले सरकारले प्रधानमन्त्रीले गरेको १५ लाख दिने घोषणा कार्यान्वयन गर्न लागेकोले खाता खोल्न लाइन बसेको बताएका थिए । केरलको चर्चित पर्यटकीय स्थल मुन्नारको चियाबगानमा काम गर्ने हजारौं दिहाडी मजदूर छन् । तिनै मजदूरहरु खाता खोल्न मुन्नार पोस्ट अफिसबाहिर जम्मा भएका थिए ।

सामाजिक संजालमा सरकारले पोटल बैंक खाता भएका सबैलाई १५ लाख दिने खबर भाइरल भएको थियो । त्यसपछि बैंकबाहिर लाइन लागेको थियो । हल्लाले यतिसम्म भीड बढेको थियो कि तीन दिनमै मुन्नार पोस्ट अफिसमा मात्र १ हजार ५० बैंक खाता खोलिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *