माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

डिसी नेपाल
१६ साउन २०७६ २१:४२

नयाँ दिल्ली (एजेन्सी) माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीव भारतमा पक्राउ परेका छन्। उनी अवैध रुपमा भारत प्रवेश गर्ने लागेको भन्दै भारतीय सुरक्षाकर्मीले उनलाई भारतको तुतीकोरिन बन्दरगाहाबाट नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्। उनलाई भारतीय इन्टिेलिजेन्स ब्यूरो (आईबी)का अधिकारीले पक्राउ गरेको जनाइएको छ ।

यो विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीट गर्दै घटनाबारे थप सूचना संकलन गर्ने कार्य भइरहेको जानकारी दिएका छन्। उनले यो विषयमा माल्दिभ्स सरकारलाई पनि जानकारी गराइने भन्दै के भएको हो टुंगो लगाइने बताएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पूर्व उपराष्ट्रपति अदीब ‘बिग्रो ९’ नामक पानी जहाजमा चढेर भारतको कुथकुडी तटमा पुगेका थिए। उनीसँगै अन्य १० जना पनि सो जहाजमा रहेको जनाइएको छ । उनी किन भारततर्फ आएका हुन् केही खुलाइएको छैन।


समाचार अनुसार पूर्व उपराष्ट्रपति अदीब माल्दिभ्समा भ्रष्टार सम्बन्धि मुद्दामा जेलमा रहेका थिए। उनी कहिले जेल मुक्त भए भन्ने विषयमा पनि केही जनाइएको छैन । भारतीय सुरक्षाकर्मीले उनलाई कहाँ राखेका छन् भन्ने विषयमा पनि जानकारी दिइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *