कश्मीरमा किन बनेको छ डरको माहोल?

डिसी नेपाल
१६ साउन २०७६ २३:१३

नयाँ दिल्ली (बीबीसी) । भारत प्रशासित कश्मीरमा अर्धसैनिक बलको अतिरिक्त १०० कम्पनी तैनाथ गर्ने केन्द्री गृह मन्त्रालयको खादेशपछि उपत्यकामा डर र बेचैनको माहोल बनेको छ । गृह मन्त्रालयको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

गृह मन्त्रालयको पहिलो आदेश २५ जुलाईमा भाइरल बनेको थियो । जसमा अतिरिक्त सुरक्षा बल तैनाथबारे उल्लेख थियो । अर्को दिन पनि गृह मन्त्रालयको दोस्रो आदेश पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । जसमा रेलवेका सबै कर्मचारीहरुलाई ४ महिनाको राशन र एक हप्ताका लागि पिउने पानी जम्मा गर्न भनिएको थियो । यसै ओदशमा सबै गाडीहरुमा तेल भर्न र ग्यारेजमा राख्न भनिएको थियो ।

गृह मन्त्रालयको एक अर्को आदेश पनि भाइरल भयो जसमा सबै मस्जिदको सूचना संकलन गर्ने भनिएको थियो। तर प्रहरीले तुरुन्त यसको खण्डन गर्यो र यसलाई नियमित पक्रिया भन्यो ।

एकपछि अर्को भाइरल बनेका यी सूचनाका कारण आम कश्मीरिहरुमा डरको माहोल बनेको छ ।

तर जम्मू कश्मीरका राज्यपाल सत्यपाल मलिकले मंगलबार यी हल्लाहरुको खण्डन गर्दै कश्मीरमा सबै ठिक रहेको बताए ।

उनले श्रीनगरमा संववाददाताहरुसँग भने, सामाजिक सञ्जालमा भाइरल भएक सबै आदेश सरकार आदेश होइनन् । कश्मीरमा सबै ठिक छ ।’


जब यी आदेश भाइरल भए, श्रीनगरको बेमिना क्षेत्रमा बस्ने गुलाम हसन भट्टको रातीको निन्द्रा गायब भयो । श्रीनगरमा गुलाम हसनको दाउराको पसल छ । उनी भन्छन्, ‘जबदेखि हामीले कश्मीरमा सुरक्षा बल तैनाथको कुरा सुन्यौं, हामीलाई डर लागेको छ ।’

उनी भन्छन्, ‘जसले पनि यहाँ सुरक्षा बल तैनाथ हुने कुरा सुनेको छ, उनीहरुले असहज महसुस गरेका छन्, जहाँसम्म कारोबारको कुरा छ, त्यसमा पनि प्रभाव परेको छ । आम मानिसहरु यो कुराको अनुमान गरिरहेका छन् की आगामी दिनमा के हुनेछ । सुरक्षा बलको तैनाथीपछि हामीले सुनेका छौं केही कानुनलाई रद्द गरिँदैछ रे, हामीलाई थाहा छैन अतिरिक्त सुरक्षा बल किन ल्याइँदै छ ।’

उनका अनुसार रेलवे प्रशासनले तीन महिनाको खाद्यन्न जम्मा गर्ने आदेश जारी गरेको छ । यसपछि कश्मीरमा मस्जिदहरुको बारेमा खबर आयो । यो अवस्थामा मानिसहरु निकै तनावमा छन्। आगामी दिनहरुमा मेरो घरमा बिहे छ, तर हामीलाई समस्या भएको छ, बिहेको तयारी गरौंकी रोकौं । यस्तो अवस्थाका कारण काठको कामको अर्डर फिर्ता भएको छ ।’

हसनका छोरा हमाद भट्ट इन्जिनियरिंगको पढाई गरिरहेका छन् । उनी भन्छन्, ‘यस्तो अवस्थामा पढाई बिग्रिरहेको छ।’

उनले भने, ‘गएका केही दिनहरुमा कश्मीरमा जे पनि भएको छ, त्यसले प्रत्येक्षरुपमा हाम्रो पढाईमा बाधा उत्पन्न भएको छ । हाम्रा लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो सेमेस्टर कहिले पूरा हुन्छ । यदि अवस्था यस्तै रह्यो भने परीक्षा पनि सर्न सक्छ । विद्यार्थीहरु मानसिक समस्या भोगिरहेका छन् । कलेजमा पनि वर्तमान अवस्थाबारे कुरा हुन्छ ।’

हमाद भन्छन्, ‘जबदेखि जम्मू कश्मीरको गठबन्धन सरकार ढलेको छ, केन्द्रको बीजेपी सरकार आर्टिक ३५ ए र आर्टिक ३७० रद्द गर्न लागिरहेको छ ।’

भट्ट परिवारका नातेदार हुमैरा फिरदौसु पनि डराएकी छन् । उनलाई आगामी दिनमा कश्मीरको अवस्था खराब हुने अनुमान छ । उनी भन्छिन्, ‘हामीले सुनेका छौंकी कश्मीरको अवस्था खराब हुँदैछ । हामीलाई यसको आभास पनि भएको छ । हाम्रो कारोबारमा पनि प्रभाव पर्नेछ । हामीले यो पनि सुनेका छौंकी ईदपछि अवस्था जे पनि हुन सक्छ । मानिसहरु भन्छन्, कश्मीरमा कुनै कानुन रद्द हुँदैछ ।’

फिरदौस भन्छिन्, ‘हामीले ठूलो संख्यामा सुरक्षा बल तैनाथ हुने कुरा पनि सुनेका छौं । पहिला हामीले सोच्यौं यो हल्ला होला । तर, जब सुरक्षाबलका टुकुडीहरु आए हामीले सबै कुरा बुझ्यौं र केही त हुन लागेको अनुमान गरेका छौं ।’

गएको वर्षै बीजेपीले समर्थन फिर्ता लिएपछि बीजेपी–पीडीपीको गठबन्धन सरकार ढलेको थियो । त्यो बेलादेखि राज्यमा राष्ट्रिपति शासन लागु छ । हालसम्म विधानसभा चुनाव भएको छैन ।

गएका तीन वर्षहरुमा कैयौं पृथकतावादी नेताहरु र कार्यकर्ताहरुलाई सुरक्षा एजेन्सीहरुले चरमपन्थलाई आर्थिक सहयोग गरेको र अन्य आरोपमा गिरफ्तार गरिरहेका छन् ।

गएका ४ वर्षहरुमा सुरक्षाकर्मीले नागरिकको हत्या गरेको आरोप पनि लाग्ने गरेको छ । सुरक्षा बलसँगको भिडन्तमा सयौं चरमपन्थी मारिएका छन् ।

केही पत्रकारहरुले गृह मन्त्रालयको आदेश आउनुभन्दा पहिला राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले राज्यको भ्रमण गरेको बताएका छन् ।

भाइरल भइरहेका सरकारका आदेशका कारण आम मानिसहरुमात्र तनावमा छैनन्, यहाँका राजनीतिक दलहरुमा पनि हलचल आएको छ ।

पूर्व मुख्यमन्त्री तथा पीडीपीकी नेतृ महबूबा मुफ्तीले आर्टिक ३५ ए रद्दको विषयमा नयाँ दिल्लीलाई चेतावनी दिएकी छन् । गएको आइतबार उनले पार्टी स्थापना दिवसका अवसरमा भनिन्, ‘आर्टिकल ३५ एलाई छुने हात खरानी बन्नेछन् । हातमात्र होइन उसको पूरा शीर भस्म हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *