नाइजेरिया द्वन्द्वः बोको हरामको आक्रमणमा एक दशकमा २७ हजार नाइजेरियाली मारिए

डिसी नेपाल
१७ साउन २०७६ ७:५२

अबुजा । विगत एक दशकको अवधिमा नाइजेरियामा बोको हरामले गरेका आक्रमणमा परी २७ हजार भन्दा बढी लडाकू मारिएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले तयार पारेको तथ्याङ्क अनुसार देशको उत्तरी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा सन् २००९ देखि अहिलेसम्ममा उनीहरूको मृत्यु भएको हो ।

अबुजामा बिहीबार सिन्ह्वालाई प्राप्त विवरणमा अरु एक लाख ३० हजार जना हालै विस्थापित भएको उल्लेख गरिएको छ ।

नाइजेरियाका लागि राष्ट्रसंघीय मानवतासम्वन्धी संयोजक इडवार्ड कालोनलाई उद्धृत गरिएको प्रतिवेदनमा विस्थापितहरु अस्थाई शिविरमा बस्न बाध्य भएको जनाइएको छ ।

“असुरक्षा बढ्दै गएपछि पछिल्ला केही महिनामै एक लाख ३० हजार जना थप विस्थापित भएका छन्, उनीहरुलाई विभिन्न शिविरहरुमा राखिएको छ,” प्रतिवेदनमा लेखिएको छ ।

विस्थापित भएकाहरुलाई पर्याप्त श्रोत, साधन र सहयोगको आवश्यकता रहेको पनि राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।

विद्रोही समूह बोको हरामका लडाकूहरु अफ्रिकीमुलुक नाइजेरियासहित छिमेकी मुलुकहरु चाद, नाइजर, उत्तरी कामरुनलगायतमा पनि रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *