विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

डिसी नेपाल
१७ साउन २०७६ १०:३१

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताए ।

उनले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गरे । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा बगैँचा र भलाकुसारी गर्ने चौतरामा बनाइएको छ ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत उद्यानको निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो । विराटनगरको सरस्वती टोलमा समेत उद्यान निर्माणको काम भइरहेको सोही अवसरमा जानकारी दिइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *