३ वर्षकी बालिकालाई आमाबाट चोरेर बलात्कार, रोएपछि घाँटी काटिदिए

डिसी नेपाल
१७ साउन २०७६ १४:०१

यौन पिपाशु पुरुषको अत्यन्तै निर्मम र घृणित कामको घटना सार्वजनिक भएको छ । ती व्यक्तिले ३ वर्षकी एक बालिकालाई अपहरण गरेर बलात्कार गरेका छन् । बलात्कार गर्ने क्रममा बालिका रोइरहेपछि रिमा बालिकाको घाँटी काटेर दुई पुक्रा पारी फालिदिएका छन् । घटना भारतको झारखण्ड राज्यको जमशेदपुरको भएको आज तकको समाचारमा उल्लेख छ । बालिकालाई त्यहाँको टाटानगर रेलवे स्टेशनबाट चोरिएको थियो ।

२५ जुलाइको रातमा टेल्को निवासी रिंकु साहुले रेलवे टेशनबाट ३ वर्षकी एक बालिकालाई चोरी गरे । यो पूरै घटना सिसिटिभी क्यामेरामा रेकर्ड भएको थियो । पुलिसले त्यही सीसीटिभी फुटेजका आधारमा रिंकु साहूलाई उनको घरबाटै पक्राउ गर्यो । पुलिससँगको सोधपुछमा रिंकु साहूले आफ्ना एक साथी काशीडी निवासी कैलाश कुमारसँग मिलेर गरेको बताएका छन् ।

बालिकालाई बलात्कार गरेपछि उनको घाँटी काटेर एक बगानमा फलिदिए । पुलिसले उनीहरुले बताएको आधारमा बालिकाको शव बरामद गरेका छन् । मुख्य आरोपी रिंकु सिंहले पहिले पनि यसरी बच्चा चोरेर बेचेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *