भारतसँग हुने टी–२० सिरिजको मुखैमा वेस्ट इण्डिजलाई झट्का, आन्द्रे रसेल बाहिरिए
एजेन्सी । यतिबेला भारतीय टिम वेस्ट इण्डिजसँग सिरिज खेल्नको लागि अमेरिकामा रहको छ। वेस्ट इण्डिजसँग ३ टी–२०, ३ एकदिवसीय तथा २ टेस्ट सिरिज खेल्नको लागि भारतीय टिम अमेरिका र वेस्ट इण्डिजको भ्रमणमा गएको हो।
उक्त सिरिज अन्तर्गत आज पहिलो टी–२० खेल हुदैंछ। नेपाली समयअनुसार साझँ ८ः१५ मा सुरु हने खेलमा वेस्ट इण्डिजलाई ठूलो झट्का लागेको छ। वेस्ट इण्डिज टिममा रहेका दिग्गज अलराउण्डर आन्द्रे रसेल पहिलो २ खेलका लागि टिमबाट बाहिर भएका छन्। इएसपीएन क्रिकइन्फोको खबर अनुसार उनको चोट पूर्ण रुपमा ठिक हुन नसकेकोले उनी आफैंले पहिलो दुई खेलबाट नाम फिर्ता लिएका हुन्।
इण्डिजका छनोट समितिले रसेललाई फिटनेस टेस्ट पास गर्नुपर्ने सर्तमा १४ सदस्यीय टिममा सामेल गरेको थियो। अहिले क्यानडामा जारी ग्लोबल टी–२० खेलिरहेका रसेलले पूर्ण रुपमा अफ्नो चोट निको नभएपछि नाम फिर्ता लिएको बताइएको छ। इण्डिज टिमले उनको ठाउँमा ज्यासज मोहम्मदलाई टिममा स्थान दिएको छ।
लामो समयदेखि घुडाँमा रहेको चोटका कारण रसेलले पटक पटक दुःख पाइरहेका छन्। भर्खरै सम्पन्न भएको विश्वकपमा पनि उनको चोटले गर्दा धेरै समय मैदानमा रहेर खेल्न सकेका थिएनन्। आइपीएलको समयमा पनि उनले सोही समस्या भोगेका थिए।
Facebook Comment