किन मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट ठान्छन विराटले?
![किन मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट ठान्छन विराटले?](https://www.dcnepal.com/wp-content/uploads/2019/08/cricket-sri-ind_086c6de0-eb26-11e8-9800-40e053fa8e14.jpg)
एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहलीले आफूलाई अर्जेन्टिनाका स्टार मेसी भन्दा पोर्चुगीच फुटबलर क्रिश्चियानो रोनाल्डो मनपर्ने बताएका छन्।
उनले रोनाल्डो आफ्ना प्रिय खेलाडीसँगै प्रेरणाको श्रोतसमेत रहेको बताए। फिफा डटकमलाई दिएको अन्तरवार्तामा कोहलीले रोनाल्डोको तारिफ गरे। ‘मेरा लागि रोनाल्डो सबैभन्दा माथि हुन्। उनको दृढता र खेल नैतिकता कमालको छ। उनी जित्न चाहन्छन्। तपाईं यसलाई हर म्याचमा देख्न सक्नुहुन्छ’, विराटले भने।
यसैगरी उनले रोनाल्डोको करियर मेसीको भन्दा राम्रो रहेको भनाइ राखे। ‘मेरो विचारमा रोनाल्डोले धेरै चुनौतीको सामना गरेका छन् र उनी सफल पनि छन्। उनी सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। मैले उनको कामप्रतिको नैतिक्ता कमालको रहेको देखेको छु, जस्तो मैले पहिले पनि बताएको छु। उनी मानिसहरूलाई प्रेरित गर्छन्। मलाई लाग्दैन, यस्तो अरू कोहीले गर्छन्। उनी अगुवा पनि हुन् र मलाई मनपर्छन्। उनलाई आफूमा पनि धेरै विश्वास छ’ ।
यसैगरी उनले अब आउने समय किलियन एम्बाप्पेको भएको धारणा राखे। ‘किलियन एम्बाप्पेले अर्जेन्टिनाविरूद्ध सन् २०१८ को विश्वकपमा देखाएको प्रदर्शनलाई बिर्सन गार्हो छ। उनी उत्कृष्ट हुन् र उनलाई म ढुक्कसाथ सबैभन्दा माथि राख्छु। उनी शीर्ष श्रेणीका खेलाडी हुन्’, विराटले भने।
Facebook Comment