जुलाईमा अमेरिकी रोजगारी सिर्जनामा सुस्तता, बेरोजगार दर पनि उस्तै

डिसी नेपाल
१८ साउन २०७६ १०:२६

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा रोजगारीका अवसर सिर्जनाको स्थिति जुलाई महिनामा जुनको तुलनामा केही सुधार देखिएपनि अझै सुस्तता देखिएको अमेरिकी सरकारले शुक्रबार बताएको छ ।

जुलाईमा अमेरिकामा एक लाख ६४ हजार रोजगारी सिर्जना भएका र यो जुनको तुलनामा केही सुधारको सङ्केत भएपनि सन्तोषजनक भने हैन । अमेरिकी बेरोजगार दरमा अघिल्लो महिनाको तुलनामा कुनै परिवर्तन देखिएको छैन ।

गत बर्षको सोही समयमा अमेरिकामा दुई लाख ३७ हजार रोजगारीका अवसर सिर्जना भएका थिए । अमेरिकाको लामो समयदेखि प्रभावित बनेको खुद्रा बजार क्षेत्रमा श्रमिक बेरोजगार रहने अवस्था यस पहिलेजस्तै निरन्तर रहेको बताइएको छ । सूचना तथा प्रविधि सेवा, सार्वजनिक सेवा र निर्माण क्षेत्रमा पनि बेरोजगार दरमा सुधार देखिएको छैन ।

यातायात, खाद्यान्न भण्डार तथा भौतिक निर्माण र स्वास्थ्य क्षेत्रमा सुस्तता छाएको अधिकारीहरूले बताएका छन् । अमेरिकामा गत बर्षको तुलनामा जुलाईमा ज्याला (तलवमान) ३.२ प्रतिशतले बढेको छ । रोजगारी सिर्जनाको अवस्थामा सुस्तता भए पनि वेरोजगार दरलाई घटाउने प्रयास भने अपेक्षाभन्दा अग्ररूपमा देखिएको सरकारको दावी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *