‘प्रि–सिजन जितको कुनै अर्थ छैन्, खेलमा अझै सुधार गर्नुपर्छ’

डिसी नेपाल
१८ साउन २०७६ १०:५३

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले प्रि–सिजनमा निकालेको जितको केही अर्थ नहुने बताएका छन् ।

नयाँ सिजनको सुरुवात अघिको प्रि–सिजन टुरमा युनाईटेडले पाँच मैत्रीपूर्ण खेल जितेको छ । तर, प्रशिक्षक सोल्सायरले क्लब नयाँ सिजनको सुरुवातलाई मध्य नजर गरेको भन्दै प्रि–सिजनको जित अर्थहिन भएको बताए ।

‘हामी खुशी छौ । प्रि–सिजनमा केटाहरु राम्रो आकारमा देखिएका छन् ।’ सोल्सायरले भने, ‘तर, अगष्ट ११ मा चेल्सीसँगको खेलमा हामीले जबसम्म अंक प्राप्त गर्दैनौं तबसम्म यसको कुनै अर्थ हुँदैन ।’ यस्तै प्रशिक्षक सोल्सायरले टिमले अझै राम्रो गर्न सक्ने बताउदै सुधारको आवश्यकता रहेको बताए ।

‘हामी खेलमा उत्कृष्टता र सुधार चाहन्छौ । जसले सिजनको अन्त्यसम्ममा उपाधिका चुनौती दिनेछन्।’ प्रशिक्षक सोल्सायरले थपे, ‘खेलाडीहरुले आफ्नो क्षमता देखाईरहेका छन् । यदि हामी माथिल्लो स्थानमा रहने हो भने म अझै धेरै सुधार चाहन्छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *