छोरा जन्माउने दम्पतीलाई पुरस्कार दिने मेयरको घोषणा !

डिसी नेपाल
१८ साउन २०७६ १०:५५

वार्सा । पोल्याण्ड र चेक रिपब्लिकको सीमामा बसेका गाउँ मिजेसके ओद्रजेनस्कीमा विगत ९ वर्षदेखि छोरा जन्मिएकै छैनन् । यहाँ पछिल्लो पटक १०१० मा छोरा जन्मिएका थिए । त्यही बालक पनि परिवारसँग गाउँ छाडेर बसाइ सरे । अहिले यहाँको सबैभन्दा सानो छोरा १२ वर्षका छन् । यो गाउँमा छोरी जन्मिरहन्छन् तर छोरा जन्मिनु निकै दुर्लभ छ ।

यहाँका मेयरले अहिले छोरा जन्माउने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेका छन् । गाउँमा छोरा जनन्मिनुको कारण कसैलाई थाहा छैन तर स्थानीयका अनुसार लामो समयदेखि यहाँ लिंगानुपातमा यही अन्तर छ । यहाँ छोरीहरु धेरै छन् र छोराहरु अत्यन्तै न्यून छन् । गाउँमा करिब ३०० जना बसोवास गर्छन् । यीमध्ये अधिकांश महिला छन् ।

मेयर रेजमण्ड फ्रिसकोले जन्मदर्ताको रेकर्ड र ऐतिहासिक रेकर्डको जाँच गरेपछि यहाँ छोराको जन्म हुनु अनौठो घटना भएको पुष्टि गरे । मेयरको पुरकार दिने घोषणापछि वार्साको एक विश्वविद्यालयले यहाँ छोराको जन्म दुर्लभ हुनुको कारणबारे अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया

One thought on “छोरा जन्माउने दम्पतीलाई पुरस्कार दिने मेयरको घोषणा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *