गुल्मीका पहिरो पीडितलाई साढे २ लाख

काठमाडौं। गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ।
समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो। अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुन गएकोमा उक्त प्रकोपबाट पीडित घर परिवारका सुत्केरी र बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष खरेलले जानकारी दिए।
गुल्मी स्थायी घरभएका नेपाल निजामती सेवामा अधिकृत वा सोभन्दा माथि माथिल्लो तहमा कार्यरत ३०० कर्मचारी उक्त समाजमा आबद्ध छन्। बाढीपहिरो पीडितका लागि नेपाल निजामती कर्मचारी श्रीमती सङ्घले पनि ५१ हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। संस्थाका अध्यक्ष चन्द्रकला रेग्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको सचिव कृष्णा खरेलले जानकारी दिए।
Facebook Comment