नेयमारद्वारा एमबाप्पेको आग्रह अस्वीकार

डिसी नेपाल
१८ साउन २०७६ १५:४५

एजेन्सी। फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार स्ट्राइकर केलियन एमबाप्पे आग्रहलाई ब्राजिलियन स्टार नेयमारले अस्वीकार गरेका छन् ।

नेयमारले प्रि-सिजन प्रशिक्षणका लागि क्लबमा आएसँगै आफु पिएसजी छोड्न चाहेको बताउँदै आएका छन् । उनले पिएसजीबाट आफु बाहिर भएसँगै आफ्नो भविष्य बार्सिलोनामा देखेका छन् । उनलाई अनुबन्ध गर्न बार्सिलोनासँगै रियल पनि रहेको रिपोर्टमा उल्लेख छ ।

उनी बिहीबारदेखी ट्रफी डी च्याम्पियन्सका लागि पिएसजीको प्रशिक्षणमा सहभागी भएका छन् । तर, उनले प्रतिबन्धका कारण रेनेससँगको ट्रफी डी च्याम्पियन्समा सहभागीता जनाउन पाउने छैनन् ।

नेयरमालाई एमबाप्पेले विश्वकै महंगा खेलाडी बनेर पिएसजीमै रहन आग्रह गरेका थिए । एमबाप्पेले नेयमारलाई पिएसजीमा सँगै मिलेर उपाधि जित्न आग्रह गरेका थिए । तर रिपोर्टका अनुसार नेयमारले आफ्ना टिम सहकर्मीको आग्रहलाई अस्वीकार गरेको जनाएको छ ।

‘म चाहन्छु की उनी पिएसजी मै रहु्न । उनी पिएसजीका लागि एक महत्वपूर्ण खेलाडी हुन् ।’ एमबाप्पेले भने, ‘नेयमार सधै गुणले भरिपूर्ण खेलाडी हुन् । र उनी टिममै रहन म आग्रह गर्द छु ।’

त्यस्तै प्रशिक्षक थोमकस टुचेलले भने, ‘जब नेयमार प्रशिक्षणका लागि आए तब सबै खुसी थिए । किनकी उनीसँगै सबै खाले गुणत्व छ ।’ टुचेलले भने, ‘हिजो सम्म सबै राम्रो थियो । हामी उनलाई हामीसँग राख्न चाहन्छौ । तर, दुभाग्यपूर्ण उनी निलम्बित भएका कारण ट्रफी डे च्याम्पियनसमा हुने छैनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *