चन्द्रमामा हावा छैन भने झण्डा कसरी फहरायो ?
वाशिङ्टन (बीबीसी) । आजभन्दा ५० वर्ष पहिला अमेरिकी अन्तरिक्षक केन्द्र नासाको अपोलो ११ मिशन दुई मानिसहरुलाई लिएर चन्द्रमामा पुगेको थियो । चन्द्रामामा मानव पाइला टेकोको ५० औं वार्षिकीका अवसरमा यससँग सम्बन्धित रोचक किस्साहरुबारे चर्चा गर्न लागिएको छ ।
अपोलो मिशनअनुसार कैयौं स्पेसक्राफ्ट अन्तरिक्षमा गए । अन्तरिक्ष यात्रीहरुले आफ्नो आफ्नो इच्छाअनुसार यसका उपनाम राखे । जस्तै अन्तरिक्षमा जाने दोस्रो अमेरिकी अन्तरिक्ष यात्री गस ग्रिशमले आफ्नो मर्करी स्पेसक्राफ्टको नाम लिबर्टी बेल ७ राखेका थिए । यो अमेरिकाको स्वतन्त्रताको प्रतिक थियो । उनले ७ नम्बर यसका कारण जोडेकी पहिला ७ अमेरिकी अन्तरिक्ष यात्रीहरुको सम्मान गर्न सकियोस ।
ग्रिशन जुलाई १९६१ मा १५ मिनेटका लागि अन्तरिक्षमा गएका थिए । तर फिर्ता हुँदा उनको क्याप्शुल खुलेर समुद्रमा खस्दा उनको बेल्ट खोल्ने विष्फोटक पद्धार्थ पहिला नै विष्फोट हुँदा क्याप्शुलमा पानी भरियो । यसका कारण ग्रिशमलाई बचाउन हेलिकोप्टर पुग्नुभन्दा पहिला नै उनी बाहिर आउनु परेको थियो । यस घटनाका कारण झण्डै ग्रिशमको ज्यान गएको थियो ।
यसपछि दुई अन्तरिक्षयात्रीहरुलाई लिएर जाने १९६५ को जेमिनी मिशनका लागि ग्रिशमले मौली ब्राउन नाम राखेका थिए । जो अमेरिकी थ्रियटरको निकै लोकप्रिय चरित्र थिइ । तर नासा यसको नाम जेमिनी ३ राख्न् चाहन्थ्यो । तर, ग्रिशमले टाइटनिक नाम जुडाए । नासाको टिम यसमा सहमत भयो ।
ग्रिशमलाई अपलो १ मिशनमा पनि जानका लागि चयन गरिएको थियो । तर, त्यसअघि नै एक दुर्घटनामा उनको मृत्यु भयो । उनीसँगै अन्य दुईजना अन्तरिक्ष यात्री रोजर शैफी र एड व्हाइट पनि मारिएका थिए ।
मानिसहरुलाई लिएर अन्तरिक्षमा जाने पहिलो दुई अपोलो मिशन थिए ७ र ८ । यसक्रममा यी मिशनलाई अन्य कुनै नाम दिइएन । बाल्ट कनिंघम भन्छन्, ‘अपोले ७ नाम राम्रो थियो, त्यसैले उपनाम राख्ने आवश्यकता महशुस गरिएन ।’ तर, अपोलो ९ मिसनमा दुई अन्तरिक्ष यान थिए । एक कमाण्ड मोड्यूल र अर्को लूनर ल्याण्डर ।
यसैले दुबैको फरक फरक उपनाम राख्न आवश्यक भएको हो । जस्तोकी अपोलो २२ को लूनर ल्याण्डरको नाम ईगल र कमाण्ड मोड्यूलको नाम कोलम्बिया थियो । जसलाई जूल्स वर्नको काल्पिनिक स्पेसशिप कोलम्बियाडको नाममा चयन गरिएको थियो । अपोलो १४ को कमाण्ड मोड्यूलको नाम किटी होक थियो । जहा राईट बन्धुहरुले संसारको पहिलो हवाई उडान भरेका थिए । चन्द्रमामा जाने अन्तिम दुई मानिसहरु च्यालेन्जर नामको लूनर मोड्यूलबाट उत्रेका थिए । यसको संकेत भविश्यको चुनौतीहरुतर्फ थियो ।
अपोलो मिशनका क्रममा त्यो बेलाका चर्चित प्रतिक चिह्नहरुको नाममा पनि स्पेसक्राफ्टका नाम राखिएका थिए ।
अपोलो मिशनको सबैभन्दा सम्झन लायक तस्वीरमा एक त्यो हो, जसमा अन्तरिक्ष यात्री चन्द्रमामा अमेरिकी झण्डा फहराइरहेको देखिन्छ । तर, अपोलो कार्यक्रमका त्रममा शुरुमा अमेरिकी झण्डा लिएर जाने कुनै योजना थिएन । नासाको सोँच सँयुक्त राष्ट्र झण्डा चन्द्रमामा लैजाने थियो । तर अपोलो ११ मिशन शुरु हुनुभन्दा तीन महिना पहिला अमेरिकी झण्डा चन्द्रमामा फहराउने निर्णय गरियो । यसपछि नासाले सरकारी कम्पनीलाई एक अमेरिकी झण्डा बनाउने आदेश दियो । यसको मुल्य ५.५० डलर थियो । यो नाइलनबाट बनेको थियो । यसलाई लगाउन धातुका पोल पनि किनिएका थिए । जसको मुल्य ७५ डलर यिो । यसलाई चन्द्रमामाको सतहमा लगाउँदा समस्या नहोस भनेर यसको डिजाइन गरिएको थियो ।
अर्को ठूलो प्रश्न थियो, झण्डाको डण्डालाई स्पेसक्राफ्टको कुन स्थाना राख्ने ? कनिकी झण्डा लैजाने निर्णय निकै पछि भएको थियो । र त्यो बेलासम्म यान भित्रका एक एक इन्च उपयोग गर्ने विषयमा योजना बनिसकेको थियो । पछि यसलाई लूनर ल्याण्डरेको सिढीमा बाँधेर लगियो ।
जमीनमा अभ्यासका क्रममा नील आर्मस्ट्रङ र बज एल्ड्रिनले झण्डा लगाउने अभ्यास पनि गरेका थिए । तर, जब वास्तावमै उनीहरुले झण्डा लगाउँदा समस्या यस्तो आयोकी झण्डा खुम्चिएरै रह्यो । जसका कारण मानिसहरुले आरोप लगाएकी चन्द्रमामा हावा छैन भने झण्डा कसरी लहरायो ? प्रश्न त यो पनि उठ्योकी वास्तावमै नासाले चन्द्रमामा मानिस पठायो ?
चन्द्रमामाबाट फर्किँदा एल्ड्रिन झण्डा खसेको बताए । तर त्यसपछिका अपोलो मिशनले लगाएका झण्डा अझै पनि चन्द्रमामा छन् ।
Facebook Comment