अबैध लागूऔषध सहित धोबिघाटबाट २ जना पक्राउ

काठमाडौं । अबैध लागूऔषध सहित धोबिघाटबाट २ जना पक्राउ परेका छन्।
शुक्रबार बिहान ११ बजेको समयमा ललितपुर महानगरपालिका ४ धोबिघाट स्थित प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको सानेपा प्रभागको सरप्राईज चेकिङ गर्दा उनीहरु पक्राउ परेका हुन्।
टोलीले चेकजाँच गर्ने क्रममा २ दुई जना व्यक्तिको साथबाट करिब १.५ किलोग्राम लागूऔषध (गाँजा) बरामद गरी निजहरुलाई कानूनी कारबाहीका लागि नियन्त्रणमा लिईएको बताइएको छ।
प्रतिक्रिया
Facebook Comment