अमेरिकाको यही स्थानबाट लडिएको थियो दोस्रो विश्वयुद्ध
वाशिङ्टन (बीबीसी) । उत्तरी क्यारोलिनाको ओक्राकोक द्वीप निवासीहरुले २३ जनवरी १९४२ को राती विष्फोटको आजाव सुनेका थिए । विष्फोटको आवाज तटका तर्फबाट आएको थियो । यो आवाज यति ठूलो थियोकी घर पनि हल्लिएका थिए ।
नर्थ क्यारोलिना म्यारीटाइम म्यूजियम सिस्टमका निर्देशक जोसेफ श्वार्जर द्वितीय ‘त्यति बेला जो मानिसहरु कोठा भित्र सुतेका थिए होलान उनीहरुले पनि त्यो आवाज सुनेको हुनुपर्छ’ भन्छन् । मानिसहरु बाहिर निस्केर हेर्दा एक जहाजलाई डूबेको देखे । त्यो बेलायती ट्यांकर एम्पाएर जेम थियो, जसलाई जर्मनीको एक यू बोट (अन्डरसी बोट वा पनडुब्बी)ले डुबाइदिएको थियो ।
त्यसपछिका ६ महिनामा ओक्राकोकका मानिसहरुले यस्ता धेरै धमाका सुने र धेरै जहाजहरुका भग्नावशेस पनि देखे । जर्मनीले आफ्नो अप्रेशन ड्रमबीट ब्लाकेडलाई लञ्च गरिदिएको थियो।
अमेरिकाका धेरैजसो मानिसहरुका लागि दोस्रो विश्वयुद्ध हजारौं माइल टाढा भइरहेको थियो । युद्धका समाचार उनीहरुले रातीमा रेडियोको बुलेटिनबाट थाहा पाउँथे । समाचारकै माध्यबाट उनीहरुले सोलोमन आइसल्याण्ड (फ्रान्स) बारे जानकारी पाउँथे । तर उत्तर क्यारोलिनाको तटमा बस्नेहरुका लागि युद्ध उनीहरुकै नजिकै भइरहेको थियो । अप्रेशन ड्रमबीटमा जर्मनीे अमेरिकी बन्दरगाहाहरुबाट चल्ने व्यवसायीक जहाजलाई निशाना बनयो किनकी ती मध्ये धेरैजसो जहाज बेलायतका थिए ।
युद्धमा अमेरिका सहभागी हुनुभन्दा पहिलादेखि नै उसका जहाज नियमित रुपले पूर्वी तटबाट रमाना भइरहेका थिए । त्यसमा खाद्यन्न, एल्युमिनियम, स्टील र रबर जस्ता वस्तुहरु थिए । जो बेलायतलाई युद्धमा काम लागिरहेका थिए । अमेरिका आधिकारिक रुपबाट तटस्थ थियो, त्यसैले जर्मनीले खुलमखुल्ला उसका जहाज डुबाउन सक्दैनथ्यो ।
डिसेम्बर १९४१ मा अवस्था बदलियो । जब जर्मनी र जापानले अमेरिकासँग पनि युद्धको घोषणा गरिदिए । एक महिनापछि यू बोट्स अमेरिकको पूर्वी तटसम्म पुगे र ओक्राकोकमा जहाजहरुलाई निशाना बनाउन थाले । स्मिथसोनियन नेशनल म्यूजियम अफ अमेरिकन हिस्ट्रीका सैन्य इतिहासका मुख्य क्यूरेटर डाक्टर फ्रैंक ब्लाजिक भन्छन्, ‘उत्तरी क्यारोलिना तटमा समुद्रको तहटी उखाड छ । त्यहाँको बालुवाबाट जहाजलाई बचाउन चाहन्थे ।, जहाज तटसम्म पुगेर थोरै पछाडि फर्किन्थे । किनकी उठेको बालुवाबाट बच्न सकियोस । यू बोट त्यहाँ लुक्न सक्थे र फायर गरेर भागन सक्थे ।’
उनीहरुले यही गरे । जनवरी १९४२ मामात्र जर्मन पनडुब्बीहरुले पूर्वी तटमा मित्र देशका ३५ जहाज डुबाइदिए । डां श्वार्जरका अनुसार औसत रुपमा हरेक जहाजमा यति रसद भरिएको थियोकी त्यसले एक दिनका लागि पूरा इंग्ल्याण्डको पेट भर्न सकिन्थ्यो । ३५ जहाज डुब्नुको अर्थहरु त्यसमा लादिएको रसदले इंग्ल्याण्डलाई एक महिनासम्म खुवाउन सकिन्थ्यो ।
ओक्राकोक जाने बाटोमा मैले पनि त्यो विनाशको अवशेष देखे । ह्याटरस आइसल्याण्ड नजिकै फरीको पर्खाइ गर्नेक्रममा ग्रेवयाडए अफ द अटलान्टिक म्यूजिममा बसेँ ।
युद्धमा बर्बाद भएका जहाजहरुका अवशेष र तिनका तस्वीरहरुले अप्रेशन ड्रमबीटबाट भएको नोक्सान पत्ता लागृन सकिन्छ । साथै १९४२ देखि १९४५ सम्म अटलान्टिकमा लडिएको युद्धको कथा पनि देख्न सकिन्छ ।
ओक्राकोका निवासिहरुले त्यो विनाश आफ्नै आँखाले देखेका थिए । उनीहरुले यू बोट्सबाट हुने आक्रमण देखे, धमाकाहरुको आवाज सुने र डुबाइएका जहाजका अवशेष पनि देखे । श्वार्जर भन्छन्, ‘कैयौं पटक त विद्यार्थी ती अवशेषमा चढेर विद्यालय जान्थे ।’
हरेक वर्ष मे महिनामाको बीचमा एक सप्तान्तमा अमेरिकी कोस्ट गार्ड र ब्रिटेनको रोयल नेभी ओक्राकोक द्वीपमा एक समारोह गर्छन् । जमीनको त्यो सानो टुक्रा ब्रिटेनलाई सँधैका लागि दिइयो जहाँ उसका ४ नाभिकलाई गाडिएको छ ।
यूनियन ज्याक त्यहाँको पहिचान हो । त्यहाँ फूलहरुको क्यारिहरु र एक स्मारक बनाइएको छ । त्यहाँ चार मानिसहरुको चिहान छ । लण्डनका २४ वर्षीय स्टैनली क्रेग, ब्ल्याकपूलका २७ वर्षीय थोमस कनिंघम र उनका दुई साथी, जसको हालसम्म पहिचान हुन सकेको छैन ।
उनीहरुको चिहान नजिकै एक शिलापत्रमा ३७ जनाको नाम लेखिएको छ । यी सबै एचएमटी बेडफोर्डशायर चालक दलका सदस्यहरु थिए । ती मध्ये क्यानडाका १८ वर्षीय रसेल स्यामुएल डेभिस पनि थिए, जो रोयल क्यानेडियन नेभल भोलेन्टियर रिजर्भका रुपमा युद्धमा सहभागी भएका थिए ।
त्यसमा ब्रिटेका सबै भागका नाभिक थिए । जसमा सरेका २१ वर्षीय लिलियम फ्रेडरिक क्लेमेन्स, स्कटल्याण्डका ३२ वर्षीय जोन रोवन डिक र ब्रेकनाकशायरका ३१ वर्षीय फ्रेडरिक विलियम बान्र्स ।
त्यहाँ पहिलो विश्वयुद्धका सैनिक रुपर्ट ब्रुकको एक विताको अंश पनि लेखिएको छ ‘यदि मलाई मर्नुछ –मात्र यो विषयमा मात्र सोँचे–विदेशी जमीनमा कुनै कुना छ –जो सदाका लागि इंग्ल्याण्ड हो ।’
उत्तर क्यारोलिनाको एक द्वीपमा ब्रिटिश जहाज चालक दलको स्माकर किन छ? यसको सम्बन्ध त्यो धमाकाको आवाजसँग छ, जो ओक्राकोकका निवासीहरुले त्यो राती सुनेका थिए र त्यसलाई रोक्ने योजना पनि ।
व्यवसायिक जहाजहरुलाई डुब्नबाट बचाउनमा असमर्थ भएपछि अमेकिरी राष्ट्रपति फ्रैंकलिन रुजवेल्टले बेलायतसँग सहयोग मागे । प्रधानमन्त्री विंस्टन चर्चिलले अमेरिकाको पूर्वी तटमा गस्ती गर्नका लागि २४ जहाज पठाउने तयारी गरे । यी निजी जहाज थिए, जसलाई रोयल नेभीको सेवामा लिइएको थियो ।
समारोहमा आएका ब्रिटेनका नेभल अटैश कमोडोर एन्ड्रयू बेटन भन्छन्, ‘ती जहाजहरुमा चालक दलका मुल सदस्य पनि थिए । साथमा रोयल नेभीका केही रिजर्भ गनर, नाभिक र कमाण्डिंग अफिसर थिए ।’ ती जहाजहरु मध्ये एक बेडफोर्डशायर पनि थियो, जसमा कनिंघम, क्रेग र उसका चालक दलका बाँकी सदस्य थिए । यो गहिरो समुद्रमा माछा मार्ने ट्रोलर थियो । रोयल नेभीले यसलाई अगस्ट १९३९ मा किनेको थियो र यसमा सोनार सिस्टम, ४ इन्चको डेक तोप, ३०३ क्यालिभरको लुइस मेशिनगन र ८० देखि १०० डेप्थ चार्ज (पनडुब्बी मारक) लगाइएको थियो ।
यो जहाज एक अनुभवी यू बोट शिकारी थियो । यसले ब्रिटेन नजिकैबाट धेरै पटक जर्मन जहाजलाई लखेटेको थियो । फेब्रुअरी १९४२ मा यसको काम परिवर्तन गरियो । बेडफोर्डशायरलाई अमेरिकी तटमा जर्मन नाकाबन्दी तोड्नका लागि पठाइयो ।
बेडपफोर्डशायरले दुई महिनासम्म गस्ती गर्यो । ११ मे १९४२ यो शिकारी आफै शिकार बन्यो । जर्मन यू ५५८ ले बेडफोर्डशायर र एक अर्को ट्रोलर एचएमटी सेन्ट लोमनमा एकै पटक आक्रमण गर्यो । बेडफोर्डशायर पूरा चालक दलसँगै डुब्यो ।
यो सबै यति छिटो भयोकी सहयोग माग्ने मौकासमेत पाइएन । धेरै दिनसम्म कसैलाई थाहासम्म भएनकी बेडफोर्डशायरलाई के भयो ।
१४ मेमा ४ नौसैनिकका शव बग्दै ओक्राकोक तटमा आए । ती ४ मध्ये कनिंघम र क्रेगको मात्र पहिचान हुन सक्यो ।
युद्धका समयमा आमरुपमा कुनै सैनिकको शव उसका परिवारलाई दिइन्छ । तर यो द्वीप फरक थियो । र १९४२ मा ओक्राकोकमा शवहरुलाई सुरक्षित राख्ने व्यवस्था पनि थिएन । त्यसैले ती चार जनाको शव त्यहिँ गाडियो ।
बेडफोर्डशायरका चालक दलका सदस्यहरुको सम्मान दिनका लागि ओक्राकोकका निवासीहरुले चिहानको एक भागमा स्मारक पनि बनाए, जहाँ उनीहरुलाई सैन्य सम्मान दिइयो ।
डा. श्वार्जर भन्छन्, ‘ओक्राकोकको चिहान एकमात्र यस्तो स्थान हो जसलाई ब्रिटेनलाई दिइयो । द्वीपका मानिसहरुले यस जमीनलाई सँधैका लागि ब्रिटेनलाई दिए ।’
यस जमीनको लालपुर्जा कमनवेल्थ वार ग्रेव्स कमिशनलाई दिइयो, जसले दुबै विश्व युद्धमा मारिएका सैनिकहरुको चिहानको रेखदेख गर्छ ।’ किनकी जमीनको लालपूर्जा सँधैका लागि दिइयो । यसैले यहाँ बनेको स्मारक पनि ब्रिटिश जमीनमा बनेको स्मारक मानिन्छ ।
समारोहका क्रममा त्यहाँ शहीदहरुलाई फूलहरुले श्रद्धाञ्जलि दिइयो । यूएस कोस्ट गार्डको पाइप ब्याण्डको संगीत बजाइयो ।
अमेरिकी र बेलायती लीजन राइडर्स र पूर्व सैनिक त्यहाँ उपस्थित थिए । उनीहरुले हरेक वर्षका जस्तै घाइते सैनिकहरु र च्यारिटी कामका लागि रुपैयाँ जम्मा गर्नका लागि मोटरबाईक र्याली गरे । सबै समूहहरुका मानिसहरुले दुई किसिमको पानी ल्याएका थिए । एक उत्तरी क्यारोलिना तटबाट र अर्को बेलायतबाट । दुबै पानीलाई मिलाइयो । यो यसको प्रतीक थियो कि ओक्राकोक र बेलायत कसरी एकअर्कासँग जोडिएका छन् ।
यसपछि बेडफोर्डशायरका चालक दलका सबै सदस्यहरुको नाम पुकारियो। २१ तोपको सलामीका साथ समारोह पूरा भयो । (बीबीसीबाट अनुवाद)
Facebook Comment