थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै नगद माग्ने पक्राउ

काठमाडौं। प्रहरीको थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर थुनुवाका आफन्तसँग पैसा माग्ने प्रहरीको फन्दामा परेका छन्। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले महोत्तरी, महोत्तरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा निज प्रवीणले उनीहरूलाई छुटाइदिन्छु भनि धनुषा जनकपुर उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते उक्त नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त भए पश्चात सोही परिसरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comment