पहिलो टि ट्वान्टीमा वेष्टइण्डिजको खराब ब्याटिंग, भारतलाई ९६ रनको लक्ष्य

डिसी नेपाल
१८ साउन २०७६ २१:५९

काठमाडौं (एजेन्सी)। भारत र वेष्टइण्डिजबीचको पहिलो टि ट्वान्टीमा घरेलु टिम वेष्टइण्डिजले खराब ब्याटिंग गरेको छ । अमेरिकाको लउड्रहिलमा टस हारेर पहिला ब्याटिंग गरेको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो।
वेष्टइण्डिजले अन्तिम ओभरमा एक विकेट गुमाएर कुनै रन बनाउन सकेन। टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम ओभरमा सायद रन नबनेको यो पहिलो पटक हो।

भारतका लागि पहिलो टि ट्वान्टी खेलिरहेका नवदीप सैनीले अन्तिम ओभरमा ४९ रन बनाएका किरोन पोलार्डलाई एलबीडब्ल्यू आउट गरे । र बाँकी बलमा कुनै रन दिएनन्। सैनीले आफ्नो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १७ रन दिएर ३ विकेट लिए। वेष्टइण्डिजका लागि पोलार्डले ४९ र निकोलस पुरनले २० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दुई ओपरसहित ३ जना खेलाडी शून्यमा आउट भएका थिए ।

वेष्टइण्डिजलाई सस्तैमा समेट्नेक्रममा सैनीले २, भुवनेश्वर कुमारले २ विकेट लिए भने वाशिंगटन सुन्दर, क्रुणाल पंड्या, रविन्द्र जडेजा र खलिल अहमदले एक एक विकेट लिए। जवाफी ब्याटिंग गर्न भारत केही समयपछि मैदानमा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *