द एशेजः अष्ट्रेलियालाई झिनो अग्रता
![द एशेजः अष्ट्रेलियालाई झिनो अग्रता](https://www.dcnepal.com/wp-content/uploads/2019/08/20190803171930_682212.jpg)
लण्डन (एजेन्सी)। द एशेज टेष्ट क्रिकेट श्रृंखलाको पहिलो खेलमा शनिबार तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले झिनो अग्रता लिएको छ । इंग्ल्याण्डलाई पहिलो इनिंगमा ३७४ रन मा समेटेको अष्ट्रेलियाले शनिबारै आफ्नो दोस्रो इनिंग शुरुआत गरेको छ ।
पहिलो इनिंगमा २८४ रन रन बनाएको अष्ट्रेलियाले दोस्रो इनिंगमा शनिबार तेस्रो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर १२४ रन बनाएको छ । उसले दोस्रो इनिंगका आधारमा ३७ रनको अग्रता लिएको छ । उसका स्टेभन स्मिथ र ट्रेभिस हेड नटआउट छन्।
पहिलो इनिंगमा १४४ रन बनाएका स्मिथले दोस्रो इनिंगमा ४६ रन बनाइसकेका छन् भने हेडले २१ रन बनाएर स्मिथलाई साथ दिएका छन्।
पहिलो इनिंगमा फेल भएका अष्ट्रेलियन ओपनरले दोस्रो इनिंगमा पनि राम्रो ब्याटिंग गर्न सकेनन्। डेबिड वार्नर ८ रन आउट भए भने क्यामरन बेनक्राफ्टले ७ रन मात्र बनाएर उस्मान ख्वाजा ४० रनमा आउट भए।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले २ र क्रिस वक्सले १ विकेट लिए । यसअघि इंग्ल्याण्डका लागि रोरी बनर्सले शतक बनाएका थिए भने बेन स्टोक्स र जोय रुटले अर्धशतक बनाएपछि पहिलो इनिंगमा इंग्ल्याण्डले ९४ रनको अग्रता लिएको थियो ।
Facebook Comment