राजश्व असुलीबापतको रकम प्रदेश सरकारलाई
रामपुर । पाल्पा मालपोत कार्यालयमा उठेको रकमको ४० प्रतिशत रकम प्रदेश नं ५ सरकारलाई पठाइएको छ।
कूल राजश्वमध्येको ४० प्रतिशतले हुन आउने रकम रु एक करोड ३५ लाख १८ हजार ७५४ प्रदेश सरकारलाई पठाइएको र ६० प्रतिशतले हुने रकम दुई करोड दुई लाख ७८ हजार १३२ जिल्लाको रामपुर नगरपालिकाबाहेक नौ स्थानीय तहलाई पठाइएको जिल्ला मालपोत अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा रु तीन करोड ९९ लाख ३२ हजार ४८१ राजश्व असुली भएकामा पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा रु ६१ लाख ३५ हजार ५९४ ले राजश्व असुलीमा कमी हुनुमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको कित्ताकाट आदेशअनुसार जग्गाको व्यावसायिक कारोवारमा कमी आएकाले राजश्व असुलीमा पनि कमी आएको पौडलको भनाइ छ।
प्रतिक्रिया
Facebook Comment