खाल्डोमा डुुबेर दुई बालबालिकाको मृत्यु

डिसी नेपाल
१९ साउन २०७६ ०:०२

लहान । सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ।

सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस्तै सिरहाको कल्याणपुर नगरपालिका–९ रुदलपुरस्थित घुर्मीखोलामा डुबेर स्थानीय १४ वर्षीया रुन्चीकुमारी महतोको मृत्यु भएको छ। भैँसी लिएर घुर्मीखोलामा नुहाउने क्रममा डुबेर रुन्चीको मृत्यु भएको प्रहरीले जनाएको छ।

डाँका मुद्दामा फरार अभियुक्त पक्राउ

डाँका मुद्दामा फरार रहेका एक युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ। प्रहरी चौकी सन्हैठाको टोलीले डाँका मुद्दामा गत २०७६ वैशाखदेखि फरार सिरहा नगरपालिका–१९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरेको हो।

आफ्नै घरवरिपरि लुकीछिपी बसिरहेको सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *