सन्दीप आवद्ध टोरन्टोले पायो २२३ रनको विशाल लक्ष्य
काठमाडौं। क्यानडामा जारी ग्लोवल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिबार नेपाली खेलाडी आवद्ध टोरन्टो नेशनल्स र ब्राम्पटन वुल्भबीच खेल भइरहेको छ । ब्राम्पटनमा टस हारेर पहिला ब्याटिंग गरेको ब्राम्पटनले विष्फोटक ब्याटिंग गर्दै टोरन्टोलाई २२३ रनको विशाल लक्ष्य दिएको छ । ब्राम्पटनले ६ विकेटमा २२२ रन बनायो।
ब्राम्पटनका लागि ओपनर जजै मुन्सीले विष्फोट इनिंग खेल्दै ३६ बलमा ६६ रन बनाए। नेपाली खेलाडी सन्दीपको पहिलो ओभरमा मुन्सीले ३ चौका र २ छक्कासहित २४ रन बटुलेका थिए ।
यस्तै अर्का ब्याट्सम्यान हङ्कङका बाबर ह्यातले विष्फोटक ब्याटिंग गर्दै १७ बलमा ४६ रन बनाए। उनले एकै ओभरमा लागतार ४ छक्का प्रहार गरेका थिए ।
आफुले खेलेका ३ खेलमा १ मा मात्र जित हात पारेको टोरन्टका लागि यो खेल जित्नुपर्ने दबाब छ ।
टोरन्टोका लागि सबैभन्दा सफल बलर मोइसस हेनरिक्स र सन्दीप लामिछाने रहे । हेनरिक्सले २ ओभरमा २१ रन दिएर १ विकेट लिए भने सन्दीपले ४ ओभरमा ४४ रन दिएर १ विकेट लिए।
टोरन्टोका कप्तान भारतीय खेलाडी युवराज सिंह हुन् भने ब्राम्पटनको कप्तान पाकिस्तानी खेलाडी शाहिद अफ्रिदी छन्। जवाफी ब्याटिंगका लागि टोरन्टो केही सयमपछि मैदानमा आउनेछ ।
Facebook Comment