आईसीसीको नयाँ वरियता सार्वजनिक, नेपालको स्थान यथावत
काठमाडौं । आईसीसीले सार्वजनिक गरेको नयाँ टी–ट्वान्टी वरियतामा नेपाल यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको हो ।
मलेसियासँगको दुई खेलको टी–ट्वान्टी क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपनि नेपालले वरियता सुधार गर्न नसकेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ अंक पाएको छ ।
टी– ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटोमा न्यूजिल्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इण्डिज र दशौंमा बंगलादेश रहेका छन् ।
एकदिवसीय वरियतामा पनि नेपाल १५औं स्थानमा यथावत छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।
Facebook Comment