भोजपुरको पौवादुङमा-१ का वडाध्यक्षको निधन

डिसी नेपाल
१९ साउन २०७६ १०:४९

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ।

भोजपुर पौवादुङमा वडा नम्बर-१ श्यामशीलाका ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको हिजो (शनिबार) साँझ निधन भएको गाउँपालिकाले जनाएको छ ।

लामो समयदेखि निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पाण्डेलाई प्रतिष्ठान पुर्याउनसाथ डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

वडाध्यक्ष पाण्डेको असामयिक निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *