१.२५ मिलियन पाउण्ड घाटा ब्यहोरेर पेपेलाई बेचे रोनाल्डोले आफ्नो घर
![१.२५ मिलियन पाउण्ड घाटा ब्यहोरेर पेपेलाई बेचे रोनाल्डोले आफ्नो घर](https://www.dcnepal.com/wp-content/uploads/2019/08/960.jpg)
एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो सहकर्मी पेपेलाई घर बेचेका छन्। उनले पोर्चुगलको गेरेसमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई १.२५ मिलियन पाउण्डको घाटा ब्यहोरेर बेचेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
रोनाल्डोले ३.५ मिलियन पाउण्डमा सात वर्ष पहिले किनेको घर अहिले पेपेलाई सोही मूल्यमा बेचेका हुन्। रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ ।
पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् । र, उनीहरु मिल्ने साथी हुन्।
प्रतिक्रिया
Facebook Comment