वेष्ट इण्डिजविरुद्ध डेब्यू खेलमै नवदीप सैनीले बनाए कैयौं रेकर्ड

डिसी नेपाल
१९ साउन २०७६ १२:१९

काठमाडौं। भारत र वेष्ट इण्डिजबीच अमेरिकाको फ्लोरिडामा भएको पहिलो टि–२० मा भारतीय टिमबाट डेब्यू गरेका बलर नवदीप सैनीले कैयौं रेकर्ड बनाएका छन् । नवदीपले ४ ओभरमा एक मेडनसहित १७ रन दिएर तीन विकेट लिए । यसको लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो ।

यो खेलमा सैनीले आफ्नो अन्तिम ओभर मेडन फाल्दै नयाँ रेकर्ड बनाए । टि–२० अन्तर्राष्ट्रियमा अन्तिम ओभर मेडन फाल्ने सैनी पहिलो भारतीय हुन् । टि–२० अन्तर्राष्ट्रियमा अन्तिम ओभर मेडन फाल्ने सैनी चौथो खेलाडी बनेका छन् । यसअघि न्यूजिल्याण्डमा जीतन पटेल, पाकिस्तानका मोहम्मद आमिर र सिंगापुरका जनक प्रकाशले मात्र अन्तिम ओभर मेडन फालेका छन् ।

अन्तिम ओभर विकेट मेडन फाल्ने भने सिंगापुरका जनक प्रकाश र सैनी मात्र हुन् । जनक प्रकाशले दुई साता अघिमात्र टि–२० विश्वकप एशिया फाइनलमा कतारविरुद्धको खेलमा अन्तिम ओभर विकेट मेडन फालेका थिए । टेस्ट वा एकदिवसीय मान्यता पाएका दुई देशबीचको खेलमा अन्तिम ओभर विकेट मेडन फाल्ने सैनी एकमात्र खेलाडी हुन् ।

यतिमात्र होइन जनक प्रकाश र सैनी डेब्यू खेलमै अन्तिम ओभर विकेट मेडन फाल्ने खेलाडी पनि बनेका छन् । सैनीले पहिलो ओभरमै २ विकेट लिएका थिए । यससँगै उनी डेब्यू खेलको पहिलो ओभरमै २ विकेट लिने दोस्रो भारतीय बनेका छन् । यसअघि २००९ मा प्रज्ञान ओझाले डेब्यू खेलको पहिलो ओभरमै २ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *