दुवै पाइलटले मापसे गरेर विमान उडाउन थालेपछि…

डिसी नेपाल
१९ साउन २०७६ १५:३४

काठमाडौं। सडकमा सवारी चलाउने चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाउने समस्या भएपछि नेपालमा ट्राफिक प्रहरीले सडकमा चेकजाँच गरेर यसलाई रोक्ने प्रयास गरिरहेको छ । सडकमा सवारी चलाउने चालक त्यति धेरै पढेका कमै छन् त्यसैले उनीहरुलाई सम्झाइरहनुपर्छ । तर, हवाइजहाज उडाउने पढेलेखेका पाइलटले नै मापसे गरेर हवाइजहाज उडाउन खोजे के होला ? त्यो पनि नेपालमा होइन धेरै विकसित देश बेलायतमा यस्तो घटना भयो ।

बीबीसीको समाचार अनुसार युनाइटेड एयरलाइन्सका २ जना पाइलट मापसे गरेर हवाइजहाज उडाउने प्रयास गरेको आरोपमा स्कटल्याण्डको ग्लागो विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरु दुईले त्यहाँबाट जहाजलाई न्यूयोर्कका लागि उडाउँदै थिए । नियन्त्रणमा लिइएका विमानचालकहरुको नाम हाल सार्वजनिक गरिएको छैन। यद्यपि, उनीहरु ४५ र ६१ वर्षको रहेको बताइएको छ।

उनीहरुलाई मंगलबार पेसले सरिफ अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन्।यता, एयरलाइन्स कम्पनीले विज्ञप्ति जारी गर्दै यात्रुहरुको सुरक्षा आफ्नो जिम्मेवारी भएको भन्दै ती चालकहरुलाई सेवाबाट निष्कासन गरेको जनाएको छ। कम्पनीले घटनाबारे अनुसन्धान गर्न स्कटल्यान्ड प्रहरीलाई सहयोग गर्ने उल्लेख गरेको छ।

सन् २०१७ मा पनि सोही कम्पनीका दुई विमानचालक मापसे जाँचमा असफल भएका थिए। उनीहरुलाई पनि विमानस्थलबाट नियन्त्रणमा लिइ मुद्दा चलाइएको थियो। अदालतले विमानचालक पउल ग्रेबेन्कलाई १० महिना र रोबर्टो लिकोनालाई १५ महिनाको जेल सजाय सुनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *