अन्तर्राष्ट्रिय ओपन तेक्वान्दोमा नेपाललाई २ स्वर्ण
क्वाललम्पुर। नेपालले मलेसियाको क्वालालाम्पुरस्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया ईन्टरनेशनल ओपन टेक्वान्दो प्रतियोगितामा २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।
प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडिहरु र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आलेले दोसला ओढाई सम्मान गरेका थिए ।
उक्त प्रतियोगितामा फाईटर तर्फ १०–१२ बर्ष उमेर समुहमा आयुस ढुंगेल र १२–१४ उमेर समुहमा रिमा खत्रिले नेपालको लागि स्वर्ण पदक जितेका थिए ।
यसै प्रतियोगितामा ह्याभी वेट तर्फ सोनाम नोर्बु तामाङ र फाईटर तर्फ मकला जिरेलले रजत र फन्से तर्फ चन्दु शाहीले कास्य पदक जितेका थिए ।
नेपाली टिम म्यानेजर केशब कुमार कार्की , हेड अफ दि टिम टेमा सिद्धि लामा, कोच सुमन कुमार लामा, कोच श्रीकृष्ण खड्का र मेडिकल पर्शन अन्जु फुयालको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो ।
यस प्रतियोगितामा जापान, कोरिया, ब्राजिल, चाईना, मलेसिया लगायत देशको सहभागीता थियो ।
Facebook Comment