मनसुन न्यून चापीय रेखा नेपालमा, पुर्व र पश्चिम तराईमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२० साउन २०७६ ७:२४

काठमाडौँ । हिजो (आइतबार)बाट मनसुनको न्यून चापिय रेखा नेपालतर्फ रहेकाले नेपालका अधिकांश स्थानमा वर्षा भईरहेको छ । अझै २४ घण्टासम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल पहाडमा आंशिक तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भैरहेको छ।

महाशाखाले २४ घण्टे सूचना जारी गर्दै सोमबार दिउँसो र साँझ देशभर आंशिक बदली भई धेरै स्थानमा मध्यम वर्षा हुने तथा पुर्व र पश्चिम तराईमा भारी वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *