कश्मिरमा भारतको कदम पछि पाकिस्तानको कडा प्रतिक्रिया
बीबीसी। भारत प्रशासित कश्मिरमा जारी राजनीति तनावकाबीच पाकिस्तानमा पनि सरकार र सेनाको आइतबार बैठक बसेको छ। आइतबार पाकिस्तानको नेशनल सेक्यूरिटी कमिटी (एनएससी) बैठक बसेको थियो।
यो बैठकमा पाकिस्तानले भारतीय सेनाको कुनै पनि दुस्साहसको जवाफ दिन पाकिस्तानी सेना तयार रहेको निष्कर्ष निकालिएको छ। पाकिस्तानको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।
National Security Committee with Prime Minister Imran Khan in the chair discussed national security situation in Islamabad. pic.twitter.com/4Xic9lTAQm
— Govt of Pakistan (@pid_gov) August 4, 2019
पाकिस्तानले भारतले पाकिस्तान प्रशासित कश्मिरमा क्लस्टर बमको प्रयोग गरेको आरोप लगाएको छ। जुन, जेनेभा सन्धि र अन्तर्राष्ट्रिय नियमको उल्लघंन हो। यसैलाई मध्यनगर गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो बैठक बोलाएका थिए।
बैठकमा पाकिस्तानका रक्षा मन्त्री परवेज खट्टक, विदेश मन्त्री शाह मोहम्मद कुरैशी, सेना प्रमुख कमर बाजवासहित अन्य अधिकारी पनि सहभागी थिए।
बैठकमा पाकिस्तान र अन्तर्राष्ट्रिय समुदाय जब अफगानिस्तान संघर्षको समाधान खोज्न लागेका बेला भारतले कश्मिरको स्थिरतालाई छेड्न सुरु गरेको निष्कर्ष निकालिएको छ।
पाकिस्तानले भारतको आक्रमकताबाट कश्मिरमा हिंसा बढ्ने र अस्थिरता उत्पन्न उनले दाबी गरेको छ। बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारत पूर्ण रुपमा आफ्नो गतिविधिका कारण नांगिएको छ। भारतले जे गरिरहेको छ, त्यो निकै खतरनाक विकल्प हो,’ पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहयोगी डा. फिरदौस आशिक अवानले ट्विट गर्दै भनेका छन्, ‘ पाकिस्तानी नेतृत्वले भारतको कश्रिम मुद्दामा ध्यान दिन आवश्यक छ।’
Facebook Comment