प्रथम नायिकाको सिनेमा ‘साईनो’ हेर्न बालबालिकालाई अभिभावक चाहिने
काठमाडौं । आउँदो शुक्रबारबाट नेपाली चलचित्र ‘साईनो’ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको तयारीमा रहेको चलचित्र सेन्सर पास भएको छ ।
चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले पिजी (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । अर्थात चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावकको साथ चाहिने भनेको हो ।
निर्देशक रमेश थापाले भने चलचित्रले पिजी सर्टिफिकेट पाएपनि सबै उमेरका दर्शकले निर्धक्कका साथ चलचित्र हेर्न सकिने बताए ।
उनले ‘साईनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी गरे ।
‘साईनो’लाई चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् ।
चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ ।
शरण थापा कार्यकारी निर्माता रहेको ‘साईनो’मा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
Facebook Comment