साउन अन्तिम साता नेपाल युवा उद्यमशीलता सम्मेलन हुने

डिसी नेपाल
२० साउन २०७६ ११:४८

काठमाडौं। साउन २७ र २८ गते काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो।

युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए।

उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा छनौटमा परेका ५ सय भन्दा बढी युवा उद्यमी सहभागी हुनेछन्।

सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने सो सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीहरु’ विषयक अन्तरक्रिया हुनेछ।

अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नेपालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *