पानी परेर होइन यो रोचक कारणले रोकियो भारत–वेष्ट इण्डिजको खेल
काठमाडौं। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा आइतबार भारत र वेष्ट इण्डिजबीचको खेल बीचमै रोकियो । खेल रोकिँदासम्म बलियो स्थितिमा रहेको भारतले डकवर्थ लुइस विधिबाट खेल जित्यो । १६७ रनको लक्ष्य पच्छ्याएको वेष्ट इण्डिजले १५.३ ओभरमा ९८ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
त्यतिबेला पानी परेको थिएन । न त मैदान वा पिच नै चिसो थियो । यसका बावजुद अम्पायर र खेलाडीलाई मैदानबाहिर जान भनियो । खासमा फ्लोरिडामा अक्सर जब आकाशीय बिजुली चम्किन्छ सबैलाई घरभित्र या कुनै छतमुनि जान भनिन्छ । यही यो खेलमा पनि भयो र सबैले मैदान छाडेर जानुपर्यो । यस क्षेत्रको लागि प्रशासन र मौसम विभागले आकाशीय बिजुली चम्किँदा कुनै छतमुनि लुक्न र उचाइमा नबस्न निर्देशन जारी गरेको छ । रिपोर्टका अनुसार यहाँ चट्याङका कारण धेरैको ज्यान गइसकेको छ जसका कारण प्रशानले कडाइ गरेको छ ।
Facebook Comment