डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिए

डिसी नेपाल
२० साउन २०७६ २१:१५

जोहानेसबर्ग (एजेन्सी) । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले सोमबारदेखि नै लागु हुने गरी टेष्टबाट सन्यासको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। ३६ वर्षीय स्टेनले भावुक वक्तव्य दिँदै टेष्टलाई विदाई गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

स्टेनले भनेका छन्, ‘टेष्ट क्रिकेटको सबैभन्दा उत्कृष्ट प्रारुप हो। यसमा शारीरिक, मानसिक र भावानत्क रुपमा खेलाडीको परीक्षण हुन्छ । मैले टेष्टमा पाएको सफलता सँधै स्मरण गर्नेछु ।’

स्टेनले टेष्टबाट सन्यास लिए पनि सिमिति ओभरको खेलका लागि भने दक्षिण अफ्रिकाका लागि खेल्ने बताएका छन्। उनले २०२० सम्म दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग सम्झौता गरेको बताइएको छ ।

स्टेनले २००४ मा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका थिए। उनले डेब्यु खेलमै इंग्ल्याण्डका कप्तान माइकल वानको विकेट लिएर क्रिकेटमा सनसनी मच्चाएका थिए। कुनै बेला टेष्ट बलरको एक नम्बर वरीयतामा समेत स्टेन रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *