कश्मीर विशेषाधिकार खारेजः पाकिस्तानको कडा कुटनीतिक प्रतिक्रिया, कश्मीरी नेताहरु प्रहरी हिरासतमा

डिसी नेपाल
२० साउन २०७६ २२:१२

इस्लामावाद (एजेन्सी) । भारत प्रशासित कश्मीरमा भारतले विशेषाधिकार खारेज गरेपछि त्यसका समर्थन र विरोधमा सोमबार दिनभर दक्षिण एसियाको राजनीति तरंग उत्पन्न भएका छन्। मुलतः भारत, पाकिस्तान र कश्मीरको यो विषयमा सबैभन्दा कडा प्रतिक्रिया कश्मीरी दलहरु र पाकिस्तानले दिएका छन्।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविदले जम्मू कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज भएको घोषणा गरेका छन् भने भारतीय राज्यसभाले जम्मू कश्मीरको पुनर्गठनबारे विधेयक पारित गरेको छ । विधेयकले जम्मू कश्मीरलाई दुई अलग अलग केन्द्र शासित राज्यमा विभाजन गरेका छ । अब लद्दाख र जम्मू कश्मीर केन्द्र शासित प्रदेश बनेका छन्।

कश्मीरबारे भारतले गरेको निर्णयको पाकिस्तानले कडा प्रतिक्रिया जनाएको छ । यो मामिलालाई सँयुक्त राष्ट्र संघमा लैजानले संकेत दिएको पाकिस्तानले इस्लामावादस्थित उच्च भारतीय कुटनीतिज्ञलाई यो विषयामा जानकारी मागेको छ । कुटनीतिक हिसाबले पाकिस्तानको यो कदमलाई कडा प्रतिक्रियाका रुपमा बुझिएको छ । कुनै पनि देशको कुटनीतिज्ञलाई बोलाएर जानकारी माग्नु कुटनीतिक रुपमा कडा कदम हो।

सोमबार पाकिस्तानी विदेश सचिबले भारतीय उच्चायुक्त अजय बिसारियालाई आफ्नै कार्यकक्षमा बोलाएर जानकारी लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतले पाकिस्ताको सो कदमप्रति आपत्ति जनाएको छ । सम्भवतः भारतले त्यसको बदलामा मंगलबार दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तसँग सोही प्रकारको कुटीतिक जवाफ दिनेछ ।

यसैबीच सोमबार बिहानैदेखि आपतकाल लगाइएको कश्मीरमा सोबार साँझ कश्मीरका दुई पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह र महबूबा मुफ्तिलाई प्रहरीले हिरासतमा लिएको छ । यी दुबै नेताहरुले कश्मीरलाई दिइएको विशेषाधिकार हटाएर राम्रो नहुने चेतावनी दिएपछि सोमबार बिहानै नजरबन्दमा राखिएको थियो । सोमबार भारतीय संविधानको धारा ३७० खारेज गएपछि यी दुबै नेताहरुले कडा प्रतिक्रिया दिएका थिए। सोमबार साँझ उनीहरुलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *