हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु

डिसी नेपाल
२० साउन २०७६ २३:१३

त्रिपोली (रासस/एएफपी) । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् ।

घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

नगरपालिकामा कार्यरत एक जना सरकारी अधिकारी इब्राहिम ओमरले एएफपीसँग भने, “आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । ”

घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ंख्या बढ्न सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *