शरफराजलाई कप्तानबाट हटाउन पाकिस्तानी प्रशिक्षकको सिफारिस !

डिसी नेपाल
२१ साउन २०७६ ७:४७

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अघिल्लो महिना इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा आफ्नो प्रदर्शनबारे समिक्षा गरिरहेको छ ।

खराब प्रर्दशनसँगै समुह चरणबाटै बाहिरिएपछि शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना भइरहेको छ । शरफराजलाई टेष्ट टोलीको कप्तानबाट हटाईएको छ । त्यस्तै समिक्षा बैठकमा प्रमुख प्रशिक्षक मिकी अर्थरले शरफराजलाई टि२० र वान डे टोलीको कप्तानबाट पनि हटाउन सिफारिस गरेका छन् । शरफराजले इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा कप्तानी र प्रर्दशन दुबैमा खराब प्रर्दशन गरेका थिए ।

विश्वकपमा पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका सहित ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । कप्तान तथा विकेटकिपर शरफराजले विश्वकपमा ८ खेलमा १ सय ४३ रन बनाएका थिए ।

विश्वकपमा शरफराजको कप्तानीमा पाकिस्तानको प्रर्दशन बारे समिक्षा हुँदा अर्थरले उनलाई कप्तानबाट हटाउन सिफारिस गरेका हुन् । पीसीबी क्रिकेट समितीको बैठकमा अर्थरले वान डे तथा टि२० टिमको लागि युवा लेग स्पिनर शादाब खानलाई कप्तान बनाउन सिफारिस गरेको पाकिस्तान सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै अर्थरले टेस्ट टिमको लागि युवा ब्याट्सम्यान बाबर आजमलाई सिफारिश गरेका छन् । बुधबार समितीको बैठक पुन बस्ने छ । उक्त बैठकले अर्थरको सिफारिसबारे छलफल गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *