क्रिस्टल प्यालेसले भित्र्यायो चेल्सीका पुर्व खेलाडीलाई
![क्रिस्टल प्यालेसले भित्र्यायो चेल्सीका पुर्व खेलाडीलाई](https://www.dcnepal.com/wp-content/uploads/2019/08/1012871306.jpg.0.jpg)
एजेन्सी । क्रिस्टल प्यालेसले लण्डन क्लब चेल्सीका पुर्व खेलाडी ग्यारी काहिललाई दुई बर्षका लागि अनुबन्धन गरेको छ । ३३ बर्षका खेलाडीलाई क्रिस्टल प्यालेसले दुई बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
लण्डन क्लब चेल्सीसंग काहिलको सम्झौता जुनमा सकिएको थियो । लगत्तै क्लबले उनलाई रिलिज गरिदिएको थियो । काहिल यसअघि वर्नली जाने तयारी गरेका थिए । तर क्रिस्टलले दुई बर्षको सम्झौता सहित काहिललाई क्लबमा अनुबन्धन गर्न सफल भएको छ ।
काहिलले करिब साढे ७ बर्ष लण्डन क्लब चेल्सीमा बिताएका थिए । उनले आफुलाई मुख्य भुमिकामा चेल्सीमा स्थापित गराएका थिए । उनले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स ट्रफी समेत जितेका थिए।
प्रतिक्रिया
Facebook Comment