सुनको भाउ घट्ने छाँटकाँटै छैन, फेरि तोडियो रेकर्ड
काठमाडौं । हिजो (सोमबार) एकैदिन १५ सय रुपैयाँ बढेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज (मंगलबार) पनि बढेर अर्को उच्च रेकर्ड कायम गरेको छ।
आज नेपाली बजारमा छापावाल सुन २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको भाउ प्रतितोला ६७ हजार ८ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६७ हजार ७ सय तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुनको भाउ ६७ हजार ५ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ भने घटबढ भएको छैन ।
अघिल्लो साताको बिहीबारबाट उकालो लाग्न थालेको सुनको भाउ निरन्तर उकालो लाग्दै दिनप्रतिदिन उच्च रेकर्ड बनाएको छ । आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो । सुन काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने केही बढी पर्न सक्नेछ ।
Facebook Comment