प्रिमियर लिगको पहिलो खेल शनिबार, पहिलो पटक ‘भीएआर’ लागु गरिने
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबल शनिबार रातिदेखि सुरु हुँदैछ। शनिबार देखि सुरु हुने लिगमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ ।
भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) नयाँ सिजनसँगै प्रिमियर लिगमा सुरु हुन लागेको हो। पछिल्लो दुई वर्षमा विश्वकप र च्याम्पियन्स लिगसँगै विश्वका प्रमुख लिगहरुमा भिएआरको प्रयोग बढीरहेको छ। तर, प्रिमियर लिगमा भने लागु भएको थिएन् ।
भीएआर लागु गर्न प्रिमियर लिगका रेफ्रीहरुले केही महिनाअघि छलफल गरेका थिए । हालै फ्रान्समा सम्पन्न महिला विश्वकपमा समेत भीएआर प्रयोग गरिएको थियो । तर आलोचकहरुले भने यसको विरोध गरेका छन्।
आलोचकहरुका अनुसार रेफ्रीहरुले भिएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ। त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन्।
प्रिमियर लिगको उद्घाटन खेल लिभरपुल र नर्विच सिटीबिच हुनेछ। उक्त खेल आउँदो शनिबार राति १२ः४५ मा सुरु हुनेछ।
Facebook Comment