वेष्ट इण्डिजका स्टार किरोन पोलार्डमाथि आइसीसीको कारवाही

डिसी नेपाल
२१ साउन २०७६ १४:३०

काठमाडौं। वेष्ट इण्डिजका स्टार क्रिकेटर किरोन पोलार्डलाई आइसीसीले कारवाही गरेको छ । भारतविरुद्धको दोस्रो टि–२० मा पोलार्डले आइसीसीको नियमविपरित क्रियाकलाप गरेपछि उनलाई कारवाही गरिएको हो । पोलार्डलाई म्याच फिसको २० प्रतिशत जरिवाना लगाइएको छ र १ डिमेरिट प्वाइन्ट दिइएको छ । अम्पायरको निर्देशनको अपहेलना गरेपछि उनीमाथि कारवाही भएको हो ।

खेलमा पोलार्डले सब्टिच्युट खेलाडीलाई सिधै मैदानमा बोलाएका थिए । तर, यसको लागि अम्पायरले ओभर समाप्त हुँदासम्म पर्खिन भनेका थिए । पोलार्डले अम्पायरको यो निर्देशन नमानेका कारण उनीमाथि कारवाही गरिएको हो । पोलार्डले आरोपको खण्डन गरेपछि खेलकै बीचमा म्याच रेफरी जेफ क्रोले यसको सुनुवाइ गरेका थिए । सुनुवाइमा पोलार्डलाई दोषी पाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *