म्यानचेस्टर युनाइटेडसँग पाउलो डिबालाको कुरा किन मिलेन ?

डिसी नेपाल
२१ साउन २०७६ १४:४५

काठमाडौँ । अर्जेन्टिनी फुटबलर पाउलो डिबाला प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने सम्भावना सकिएको छ । युभेन्टस र युनाइटेडका बिचमा डिबालाका बारेमा भएको छलफल अनिर्णित भएपछि उनको युनाइटेड जाने सम्भावना सकिएको हो ।

युनाइटेडले आफ्ना स्ट्राइकर रोमेलु लुकाकुको डिलसँगै डिबालालाई भित्र्याउने योजना उनले बढी पारिश्रमिक मागे पछि युनाइटेड पछि हटेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । डिबालाले युनाइटेडमा प्रतिसाता साढे ३ लाख पाउण्ड पारिश्रमिक माग गरेको बताइएको छ ।

तर मिडिया रिपोर्टका अनुसार डिबालाको म्यानचेस्टर युनाइटेडसँगको डिल नमिल्नुको अर्को कारण उनको इमेज अधिकारको विषय रहेको बताइएको छ । डिबालाका एजेन्ट जर्ज अनटनले तेस्रो पार्टीमा रहेको अधिकारको डिल गर्न १५ मिलियन पाउण्ड कमिसन मागेकाले युनाइटेडले सो कमिसन दिन अस्विकार गर्दै डिबालालाई भित्र्याउने छलफलबाट पछि हटेको बताइएको छ ।

युनाइटेडले इमेज अधिकार क्लबसँगको डिलकै भाग भएको तर्क गरेको थियो भने डिबालाका एजेन्टले सो अधिकार सम्झौताको भाग नहुने तर्क गरेको बताइएको छ ।

युनाइटेडसँगको डिल असफल भएपछि डिबालाले युभेन्टसमै अभ्यास थालेका छन् ।

रोनाल्डो युभेन्टस गएपछि डिबाला युभेन्टसका सबै खेल खेल्ने अवसर पाएका छैनन् । यस अघि रोनाल्डोले पनि डिबालालाई युनाइटेडमा जान सल्लाह दिएका थिए ।

पछिल्लो चार बर्षमा युभेन्टसमा १८२ खेलमा ७८ गोल गरेका डिबालाको अघिल्लो सिजन खराब भएको थियो । डिबालाले गत सिजन ४२ खेलमा केवल १० गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *