सोमपालको टोली विनिपेग हक्सको खेल आज, सोमपालले खेल्न पाउलान् कि नपाउलान् ?
![सोमपालको टोली विनिपेग हक्सको खेल आज, सोमपालले खेल्न पाउलान् कि नपाउलान् ?](https://www.dcnepal.com/wp-content/uploads/2019/08/2447886649a9ae4fa8a6fbe0e3d7d868_w1000_h500_cp.jpg)
एजेन्सी । ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले भान्कुभर नाइट्स सँग खेल्दै छ । खेल आज राति २ : १५ पछि सुरु हुनेछ ।
यसअघि सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खर्चदै खराब प्रर्दशन गरेको सोमपालको संभावना कम देखिन्छ ।
५ खेलमा २ मा जित र ३ मा हारका सहित पाँचौ स्थानमा रहेको हक्स आजको खेलमा पराजित भए बाहिरिने छ । आजको खेलमा विजयी भएपनि प्ले अफको लागि अन्य टोलीको नतिजा हक्सको लागि निर्णायक बन्ने समिकरण छ ।
त्यस्तै नाइट्सले ५ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । आजको खेलमा विजयी भए सोझैं क्वालिफायर खेल्ने छ । पराजित भए पनि एलिमिनिटर खेल खेल्ने पक्का पक्कि छ ।
Facebook Comment