जिम्बावेको स्थानमा नाइजेरियाले टी–२० विश्वकप छनोट खेल्ने, नेपालको सपना समाप्त

एजेन्सी । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नाइजेरियाले खेल्ने मौका पाएको छ ।
पछिल्लो केहि सातादेखि आइसीसीको प्रतिबन्धमा परेको जिम्बावे क्रिकेटको निलम्बनलाई कायमै राख्दै आइसीसीले उसको स्थानमा विश्वकप छनोटमा नाइजेरियालाई स्थान दिएको हो । योसँग नेपालको विश्वकप छनोट खेल्ने अन्तिम मौका पनि समाप्त भएको छ ।
जिम्बावे क्रिकेटमा सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएको थियो । जसलाई आइसीसीले निरन्तरता दिएको छ । टी–२० विश्वकप छनोट यूएईमा अक्टोर महिनामा हुँदैछ । जिम्बावेको प्रतिबन्ध नहटे नेपालले बरियताका आधारमा खेल्ने मौका पाउन सक्ने भन्ने झिनो आशा समाप्त भएको छ ।
यसका साथै महिला तर्फको विश्वकप छनोटमा पनि जिम्बोवेका स्थानमा नामिवियाले खेल्ने मौका पाएको छ । यसको असर यू–१९ टिममा पनि परेको छ ।
Facebook Comment